Skip to main content

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिदै

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्। विश्वासको मत पाउने सम्भावना टरेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।   मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिने कार्यतालिका थियो। विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।  उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने उनको सचिवालयले जानकारी दिएको छ।

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्। विश्वासको मत पाउने सम्भावना टरेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।

मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिने कार्यतालिका थियो। विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।

उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने उनको सचिवालयले जानकारी दिएको छ।