Skip to main content

कैलारी गाउँपालिकाले कमैया मुक्ती दिवसको अवसरमा विदा दिने

Submitted by editor on
ईबिगुल संवाददाता
कैलारी गाउँपालिका

धनगढी : कैलारी गाउँपालिकाले २४ओैं कमैया मुक्ती दिवसको अवसरमा श्रावण २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै श्रावण २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

२ गते गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय तथा बैंकहरुमा विदा रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जारी गरेको विज्ञप्तीमा उल्लेख  छ।

मुक्त कमैयाहरुलाई सरकारले २०५७ साल श्रावण गते मुक्तीको घोषणा गरेको थियो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले २४ औं मुक्ती दिवसका अवसरमा सबै मुक्तकमैया दाजुभाईहरुलाई शुभकामना व्यक्त गरेका छन ।