Skip to main content

प्रहरीद्वारा धनगढीका दुई स्थानबाट चारलाख बढीको भन्सार छलेर ल्याएको सामान बरामद

Submitted by editor on
 भन्सार छलेर ल्याएको सामान

धनगढीः  नेपाल प्रहरीले धनगढीका दुई स्थानबाट चार लाख भन्दा बढीको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले जारी गरेको सूचना अनुसार प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट भन्सार छलिका दुई लाख १२ हजार मुल्य बराबरको जेन्स मोजा र लेडिज मोजा बरामद गरेको हो ।

यस्तै धनगढी–३ नम्बरबाट पनि प्रहरीले एक लाख ९० हजार छ सय मुल्य बराबरको चस्मा र चस्माको ग्लास बरामद गरेको जनाएको छ । बरामद गरेको सामान कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।