Skip to main content

अखिल नेपाल महिला संघको प्रथम प्रदेश सम्मेलन धनगढीमा सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
अखिल नेपाल महिला संघको प्रथम प्रदेश सम्मेलन

धनगढी ः नेकपा एमाले निकटको महिला संगठन अखिल नेपाल महिला संघको प्रथम प्रदेश सम्मेलन धनगढीमा सुरु भएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ संगठन’ भन्ने मुल नाराका साथ धनगढीको रिद्धिसिद्ध प्यालेसमा सम्मेलन सुरु भएको हो ।


अखिल नेपाल महिला संघ प्रदेश तदर्थ समिति संयोजक आशा कुमारी विकको सभापतित्वमा सुरु भएको उद्घाटन सत्रमा केन्द्रिय अध्यक्ष टुकाभद्र हमाल प्रमुख अथिति रहनु भएको छ । कार्यक्रममा नेकपा एमालेका स्थाई कमिटि सदस्य कर्ण बहादुर थापा विशिष्ट अथिति रहनु भएको छ । 


कार्यक्रममा जनसंगठन संयन्त्र प्रदेश ईञ्चार्ज झपट रावल, केन्द्रय कमिटि सदस्यहरु कमला ओली, सन्तोष थापा लगायतको सहभागिता रहेको छ । सम्मेलनको बन्दशत्रबाट आजै नयाँ प्रदेश कमिटि चयन गर्नेछ ।