Skip to main content

कैलालीपुल देखि हुलाकीसम्मको शहरी सडक सिलान्यास

Submitted by editor on
ईबिगुल संवाददाता
कैलालीपुल देखि हुलाकीसम्मको शहरी सडक सिलान्यास

धनगढी ः धनगढकिो कैलाली पुल देखि क्याम्पसचोक नजिकै हुलाकीसम्मको सडक निर्माण हुने भएको छ । सेतो पुलमा एक कार्यक्रमको आयोजना गरि मंगलबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा र उद्योग पर्यटन  वन तथा वातावरण मन्त्री रमेश सिह धामीले संयुक्त रुपमा सिलान्यास गरे । 


उपमहानगरपालिकाले संरचना हटाउनु अघि त्यो सडक निर्माणका लागि स्रोत सुनिश्चितता मागेपछि यसअधिका मुख्यमन्त्री त्रिलोचन भट्टको पालामा प्रदेश सरकारले त्यस सडकका लागि ६० करोड रकम विनियोजन भएको थियो । त्यस सडकको धनगढीकै के एस कन्सट्रक्सनले ५१ करोड ६९ लाखमा ठेक्का पाएको छ ।


के एस कन्सट्रक्सनले २०८० को बैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको हो । विचमा डिभाईडर सहित चार लेनको उक्त सडकमा, दुबैतर्फ नाली, फुटपाथ र साईकल लेनको पनि डिजाईन गरिएको छ । 


मेयरमा जितेपछि हमालले धनगढीलाई प्लाष्टिकमुक्त बनाईसकेका छन भने खोलानालाको अतिक्रमण हटाउने अभियान जारी छ । उनले उज्यालो धनगढी अभियान अन्तर्गत ६ लेन सडकमा स्ट्रिट लाईट जडान गरिसकेका छन ।