Skip to main content

संयुक्त आयोगको बैठकका लागि एस जयसंकर नेपाल आउदै, विद्युत ब्यापार सम्झौतामा हस्ताक्षर हुने

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
भारतीय विदेशमन्त्री एस जयशंकर

काठमाण्डौं : नेपाल भारत संयुक्त आयोगको बैठक पुस १९ गते हुने भएको छ । बैठकमा सहभागि हुन भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन । 


भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तव लगायत उच्च अधिकारीहरू हुनेछन्।


नेपाल–भारत संयुक्त आयोगको बैठक पुस १९ गते नै बस्नेछ । बैठकमा नेपाल र भारतबीच द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ । बैठकमा भारतीय दूतावासको साना विकास परियोजना (एसडिपी)बारे सम्झौतासमेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । 


उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासले नेपालमा सिधै २० करोडसम्म लगानी गर्न सक्नेछ । मन्त्रिपरिषद् बैठकले हालै उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासलाई २० करोड लगानी गर्न दिने निर्णय गरेको थियो ।


त्यस्तै बैठकमा भारतसँग भएको विद्युतीय व्यापार सम्झौताका विषयमा पनि हस्ताक्षर हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने सम्झौता गरेको थियो ।
संयुक्त आयोगको बैठकमा पञ्चेश्वर परियोजनाको डिपिआरका बारेमा पनि छलफल हुने बताइएको छ