Skip to main content

एचआईभीबाट बंगलादेशमा २६६ जनाको मृत्यु

Submitted by editor on
ऐजेन्सीको सहयोगमा
एचआईभी–एड्स संक्रमण

ढाका : बंगलादेशमा सन् २०२३ मा एचआईभी–एड्स संक्रमणका कारण  २ सय ६६ जनाको मृत्यु भएको छ । यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलोपटक एड्स संक्रमित फेला परेयताको सबैभन्दा बढी हो।      


यसैबीच, बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २ सय ७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ।


यस वर्ष संक्रमितमध्ये १ हजार १ सय १८ बंगलादेशी नागरिक रहेको र बाँकी १ सय ५८ जना म्यानमारका रोहिंग्याहरू बंगलादेशको विभिन्न शिविरहरूमा बसोबास गरिरहेका व्यक्तिहरू रहेको बताएको छ । 


तथ्यांक प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९ सय ४७ बिरामी पहिचान भएको बताए ।


बंगलादेशमा एड्सको पहिलो संक्रमित सन् १९८९ मा पत्ता लागेको थियो । त्यस बेलादेखि हालसम्म १० हजार ९ सय ८४ संक्रमितको पहिचान भएको र तीमध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ ।