Skip to main content

प्रचण्डको एमाले समेट्ने कुराले गठबन्धनमा असन्तुुष्टि

Submitted by editor on
एजेन्सीको सहयोगमा
गठबन्धनमा

काडमाण्डौ : राष्ट्रियसभामा नेकपा एमालेलाई पनि सीट दिएर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयासले गठबन्धनमा असन्तुष्टि देखिएको छ । दुई दिनसम्म बसेको कांग्रेस र माओवादीबीचको बैठकमा एमालेलाई पनि केही सीट दिएर जानेबारे सकारात्मक छलफल भएपछि अन्य दलले असन्तुष्टि जनाएका हुन् ।


बैठकमा सहभागी एक नेताले एमालेको प्रस्ताव कुन ढंगबाट आएको भन्ने नबुझेसम्म त्यसबारे निर्णय लिन नसकेको बताए । बुुधबारको बैठकमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीले आफूहरुलाई शून्य बनाएर नजान भन्दै आग्रह गरेको जानकारी गराएका थिए ।
ती नेताले भने, ‘गठबन्धन दलले कति पाउँने टुंगो छैन । एमालेको प्रस्ताव के हो ? उहाँहरुले आफ्नो ९ सीट नै माग्नुहोला रे । हामीले कति पाउँने टुंगो छैन । त्यो दिन सकिँदैन ।’


ती नेताका अनुसार गठबन्धनमै भएका दलहरुको आकांक्षा धेरै भएकाले एमालेसहितको सहमति बन्न सम्भावना न्यून छ । एमालेलाई समेट्ने प्रयास असफल भए उ राष्ट्रियसभामा ८ सीटमा खुम्चिनेछ । आगामी माघ ११ गते रिक्त २० सीटमा निर्वाचन हुँदैछ ।