Skip to main content

बालकुमारीमा मारिएका अछामका शाहको परिवारलाई साढे ७ लाख रकम सहयोग

Submitted by editor on
ईबिगुल संवाददाता
बिरेन्द्र शाहको परिवार

धनगढी : कोरिया जानका लागि परिक्षा पास गरेर जान नपाएको भन्दै काठमाण्डौंको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका बिरेन्द्र शाहको परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । 

कोरियामा रहेका नेपालीहरुले विरेन्द्र शाहको परिवारका लागि साढे ७ लाख रकम संकलन गरेका हुन । कोरियामा रहेका नेपालीहरुले संकलन गरेको उक्त रकम धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एक कार्यक्रमकाबीच अछाम सेवा समितिको कार्यालयमा बुधबार आफन्तलाई हस्तान्तरण गरे ।

हाल दक्षिण कोरियामा रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरका युुवा बिबि सिहको अगुुवाईमा नेपाली सम्पर्क समिति (एनसिसि), पत्रकार महासंघ दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदुरपश्चिम समाज दक्षिण कोरिया र दैलेख समाज दक्षिण कोरियाको समन्वयमा उक्त रकम संकलन भएको हो । 

अभियानबाट ७ लाख ५७ हजार रकम कोरियाबाट संकलन भएको हो । एनआरएनए कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले कोरियाबाट पीडित परिवारसँग संवाद गरी यो आर्थिक हस्तान्तरण कार्यक्रममा भूमिका निर्वाह गर्नु भएको थियो । उक्त रकम अछाम सेवा समितिले आयोजना गरेको श्रद्धाञ्जली शभामा धनगढीका नगरप्रमुख गोपाल हमालले मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गर्नुभयो ।