Skip to main content

रोजगारीका लागि धनगढी उप–महानगरले युवाहरु जापान पठाउदै

Submitted by editor on
ईबिगुल संवाददाता
जाइका

धनगढी उप–महानगरपालिकाले आफ्नो नगरक्षेत्र भीत्रका युवाहरुलाई रोजगरीका लागि जापान पठाउने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) सँगको सहकार्यमा उप–महानगरले युवाहरूलाई जापान पठाउने भएको हो । 

‘धनगढीका युवाहरूलाई ५ वर्षका लागि जापान पठाउने गरी सम्झौता भएको छ । उनीहरुले ५ वर्षमा सीप पनि सिकेर आउने  र यता फर्केपछि त्यही पूँजीले थप ५ जनालाई रोजगारी पनि दिने मोडेलमा जापान पठाउन लागिएको हो’ मेयर गोपाल हमालले भने ।

उनले जापान पठाउने कुरामा नगरबासी ठगिने समस्याबाट पनि जोगिने बताए । ‘युवाहरु मेनपावरले ठगेका धेरै उदाहरणहरु छन तर यो नठगिने कामको ग्यारेन्टी भएको कुरा हो । तर जापानी भाषा भने सिकेको हुनुुपर्छ’ मेयर हमालले भने ।

सम्झौतामा धनगढी उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले बिहीवार हस्ताक्षर गरेका छन । जाइकाले मुख्य गरी धनगढीका युवाहरूमा उद्यमशीलता र करिअर विकासको अवसर दिन जापानका कम्पनीहरूमा धनगढीका युवालाई जोड्ने काम गर्ने पौडेलले बताए । 

सम्झौताअनुसार  धनगढी उपमहानगरपालिकाले युवाहरूलाई जापानमा सीप सिक्न पठाउने छ । जापान जाने युवा स्वदेश फर्केपछि सीप सिकेको र रोजगार सिर्जना गर्ने बन्नुपर्ने नगरप्रमुख हमालले बताए ।