Skip to main content

तीन दिनदेखि बैतडीकी एक महिला बेपत्ता

Submitted by editor on
ईबिगुल संवाददाता
बेपत्ता

बैतडीः बैतडीकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छन्।

सिगास गाउँपालिका–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद तीन दिनदेखि बेपत्ता रहेकी छिन्।  यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएकी जिल्ला प्रहरी कार्याल बैतडीले जनाएको छ। भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन्।

भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।