Skip to main content

सुदूरपश्चिमका वनसचिव कोईरालाद्वारा पत्रकारमाथि दुर्व्यवहार

Submitted by editor on
टेबलमा राखिएको बुममाईक हुत्याएर दुर्व्यवहार गरेको पत्रकार अवस्थीको आरोप
ईबिगुल संवाददाता
दीर्घनारायण कोइराला

धनगढी : सुदूपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पत्रकार माथि दुर्व्यवहारगरका छन । सचिव कोईरालाले कैलालीको फूलबारी खबर डटकमका पत्रकार यज्ञराज अवस्थी माथि दुर्व्यवहार गरेका हुन ।

मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशका वन अधिकारीकर्मीले ध्यानकर्षण सहितको  ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि खटिएका पत्रकार अवस्थीलाई आफ्नो आवाज रेकर्ड नगर्न भन्दै वन सचिव कोइरालाले दुर्व्यवहार गरेका हुन ।
पत्रकार अवस्थीले दिएको जानकारी अनुसार उनले आवाज रेकर्डका लागि टेबलमा राखेको बुममाईक सचिव कोईरालाले हुत्याउदै आफ्नो आवाज रेकर्ड नगर्न भन्दै हप्काएका हुन । 

सचिव कोइरालाले आफुले बोेलेको सबै सुनीएकै त छ, माइक नै तेर्साएर किन आवाज रेकर्ड गर्नुप¥यो भन्दै ‘बुम माइक’ नै हुत्याई दिएका पत्रार अवस्थीले बताए । वन अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझाउने कार्यक्रममा नै सचिव कोइरालाले पत्रकारलाई हप्काउने तथा पत्रकारले प्रयोग गर्ने बुम माइकलाई टेबलबाट धकेलेर पर सार्नु सचिव स्तरको व्यक्तिको व्यवहार असुहाउँदो नभएको वन अधिकारकर्मी तथा एनफेकोफनका केन्द्रीय महासचिव डण्डीराज सुवेदीले बताए ।

उनले भने ‘हामीले वन मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाउन खोज्दा पत्रकारले टेवलमा राखेको बुम माइकलाई नै सचिव कोइरालाले फालिदिए यहाँ जस्तो गरिमामय पदमा बसेको मान्छेले त्यस्तो व्यहार गर्नु सुहाउँदो भएन ।’

बनसचिव कोईरालाको बनका कर्मचारीहरु माथि पनि पटक पटक दुर्व्यवहार गर्ने गरेको बताईएको छ । कुनै काम लगेर सचिवको टेबुलमा गए उनले नराम्रो ब्यवहार गर्ने, कर्मचारीहरुलाई हप्काएर पठाउने गरेका बन मन्त्रालय स्रोतले जनाएको छ ।
‘कुनै काम लगेर सचिव ज्युको टेबुलमा गयो भने एकैछिन झर्केर बोल्नुहुन्छ, हप्काउनुहुन्छ । कर्मचारीहरु सँग पनि उहाँको ब्यवहार राम्रो छैन’ एकजना कर्मचारीले भने । ‘प्रेसर बढेको जस्तो ब्यवहार गर्नुहुन्छ ।’

तर बन सचिव कोईरालाले भने माईक नहुत्याएको दाबी गरे । ‘पत्रकारले मेरो शरिरमा के चाँई यन्त्र राख्न खोज्नु भएको थियो, मैले नराख्न मात्र भनेको हो । टेबुलबाट पनि रेकर्ड त हुँदो रहेछ नी त’ उनले भने । उनले कर्मचारी माथिको रुखो ब्यवहारको कुरा पनि साँचो नभएको दाबी गरे ।