Skip to main content

बैतडीमा गौरामा गाइने फाग संरक्षण गर्न प्रतियोगिता

Submitted by editor on
ईबिगुल संवाददाता
 फाग

बैतडी : सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरामा गाइने फाग संरक्षणका लागि प्रतियोगिता सञ्चालन गरिएको छ । मेलौली नगरपालिका–२ स्थित गेरडा शिवधाममा गेरडा शिवधाम व्यवस्थापन समितिले शनिबार प्रतियोगिताको आयोजना गरिएको हो ।

 गौराको समयमा गाइने सगुन, फाग, अठ्यावाली लगायतका संस्कृतिहरु लोप हुन थालेपछि संस्कृति संरक्षण र हस्तान्तरणका लागि प्रतियोगिताको आयोजना गरिएको गेरडा शिवधाम व्यवस्थापन समितिका व्यवस्थापक विवेकानन्द पाण्डेयले बताए ।  ‘लोक तथा स्थानीय संस्कृतिको ज्ञान, नयाँ पुस्तालाई अग्रजहरुको आह्वान’ भन्ने नारासहित प्रतियोगिताको आयोजना गरिएको हो । 

 मेलौली नगरपालिका वडा नं २ को सहयोगमा प्रतियोगिताको आयोजना गरिएको व्यवस्थापक पाण्डेयले बताए । पुराना संस्कृतिकहरु जीवन पद्दतिका अभिन्न अंग भएपनि पछिल्लो समयमा लोप हुन थालेकाले गेरडा शिवधाम व्यवस्थापन समितिले संस्कृति संरक्षणको प्रयास स्वरुप प्रतियोगिताको आयोजना गरेको उनले बताए । 

स्थानीय संस्कृतिको संरक्षण र युवा पुस्तालाई सगुन, फाग सिकाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको मेलौली नगरपालिका –२ का अध्यक्ष कृष्णदत्त भट्टले बताए । प्रतियोगितामा सहभागी भएर सगुन, फाग गाउने ६ ओटै टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिएको गेरडा शिवधाम व्यवस्थापन समितिका सचिव नरीदत्त भट्टले बताए ।