Skip to main content

धनगढी उपमहानगर–३ को तीज विशेष कार्यक्रम, तीजलाई भड्कीलो नबनाउन आग्रह

Submitted by editor on
ईबिगुल संवाददाता
तीजको

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । हिन्दु महिलाहरुको महानचाड तीजको अवसरमा वडा कार्यलयमा आयोजित कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष राजबहादुर ऐर रहेका थिए । 

उनले तीजलाई हर्षउल्लासका साथ मनाउन सम्पूर्ण महिला दिदि बहिनीहरुलाई आग्रह गरे । उनले तीजलाई आफ्नो संस्कति अनुसार नै मनाउनुपर्ने उल्लेख गरे । वडा अध्यक्ष ऐरले फरक प्रसंगमा प्राय महिला दिदि बहिनीहरुको जिम्मेवारीमा छोराछोरी पनि हुने भएकाले विशेष ख्याल गर्नपर्नेमा जोड दिए । ‘विद्यालय जाँदाआउँदा कस्तो संग संगत गर्दैछ । त्यसमा विशेष ख्याल गर्नुहोला’, उनले भने । ‘किन भने पछिल्लो समय युवायुवतीहरु लागूपदार्थ दुव्र्यसनीको सिकार भईरहेका छन् ।’ कार्यक्रममा महिला वडा सदस्य मञ्जु मल्ल सिंहले तीजलाई धेरै तड्कभड्क नमनाउन सम्पूर्णलाई आग्रह गरिन । देखासिकीले गर्दा धेरैलाई डुवाएको उदारणहरु रहेको बताउँदै उनले आफ्ना गक्ष अनुसार मात्र मनाउनु पर्ने बताईन   । 

त्यस्तै कार्यक्रममा शुभकामना दिँदै वडाको पुर्व अध्यक्ष बलबहादुर ऐरले पनि आफ्नो संस्कृति अनुसार मात्र तीजलाई मनाउन सबैलाई आग्रह गरे । कार्यक्रमको जनप्रतिनिधि, कर्मचारी, सम्पूर्ण वडाका महिला दिदिबहिनीहरुले नाचगानका साथै दर समेत खाएका हुन् ।