Skip to main content

विपिनका आमा र बहिनीले भेटे परराष्ट्रमन्त्री

Submitted by editor on
ईबिगुल संवाददाता
विपिनका आमा र बहिनी

काठमाण्डौँ : हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणासँग भेट गरेका छन्।  आइतबार परराष्ट्र मन्त्रालयमा भेट गर्दै मन्त्री राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह  गरेका थिए।

विपिनको आमा र बहिनी उनको अवस्था बुझ्न र रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए। इजरायलबाट फर्केपछि उनीहरूले मन्त्री राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन्। भेटमा मन्त्री राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताएकी थिइन्।

विपिन अपहरमा परेको करिब ९ महनिापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको उनको भनाइ थियो। सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए। उनको अवस्था अझै अज्ञात छ।