Skip to main content

४५ मिनेट आकाशमा फनफनी घुमेर श्री एयरलाईन्सको जहाज काठमाण्डौं फिर्ता

Submitted by editor on
मौसम खराबीका कारण बुधबार बेलुकीका २ वटा उडान रद्ध
ईबिगुल संवाददाता
श्रीएयर

धनगढी:  मौसम खराबका आज पनि धनगढीका जहाजहरु डाईभर्ट भएका छन । श्रीएयरको २ः२९ बजे धनगढी ल्याण्ड हुनुपर्ने जहाज ४५ मिनेटको आकाशको ‘होल्ड’ पछि नेपालगञ्ज डायभर्ट गरिएको थियो । तर त्यसपछि पनि धनगढीको विमानस्थल नखुुल्दा जहाज फिर्ता काठमाण्डौं गएको श्री एयरका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले जानकारी दिए ।

काठमाण्डौंबाट उडेका बेला विमानस्थल खुलेको भएपनि जहाज धनगढी पुुग्दापग्दै अचानक बन्द भएको थियो । विमानस्थल खाुल्ने आशमा उक्त जहाज घोडाघोडी ताल माथिको आकाशमा ४५ मिनेट होल्ड गरिएको थियो  । त्यसपछि नेपालगञ्ज ल्याण्ड भएको जहाज, धनगढी नखुलेपछि यात्रु लगेर काठमाण्डौं फर्किएको हो ।

यस्तै आज बेलुकीका श्री एयरलाईन्स र बुुद्ध एयरका दुुई उडान रद्ध भएका छन । एकाएक धनगढीको विमानस्थल सवा २ बजेदेखि हुुस्सुले बन्द भएपछि दुुबै उडान रद्ध भएका हुन । काठमाण्डौंबाट ४ बजे उडने तालिका रहेको श्री एयर र ४ः२० बजे उडने तालिका रहेको बुद्ध एयरको विमान, हुस्सुका कारण रद्ध भएका हुन । 

हुस्सुका कारण सुदूरपश्चिम क्षेत्रको हवाई सेवा प्रभावित हुुदै आएको छ । हुस्सुुका कारण एकै छिनमा विमानस्थल खुल्ने र बन्द हुने गर्नाले दैनिक जसो जहाजहरु डायभर्ट गर्नु परेको धनगढी विमानस्थलका टावर प्रमुख दिपक भट्टले बताए ।