धनगढी : जेनजी आन्दोलनमा एक्यबद्धताकासाथै सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कञ्चनपुरका यातायात व्यवसायीहरुले अर्को सूचना नभएसम्मका लागि यातायात बन्द गरेका छन्। सोमबार काठमाण्डौँ लगायत देशभर जेनजीका युवाहरुले आन्दोलन गरेका थिए ।
आन्दोलनका क्रममा सरकारले चलाएको गोलबाट १९ जनाको मृत्यु भएको छ भने कयौँ घाईते भएका छन् । आज पनि ठाउँ ठाउँमा आन्दोलनहरु भईरहेका छन् । यस आन्दोलनका अन्र्तराष्ट्यि समुदायले समेत चासोका साथ हेरिरहेको छ ।