धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा विहान देखि नै जेनजी विद्यार्थीहरुको प्रदर्शन भईरहेको छ । कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको नारा जुलस सहितको र्याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेको छ ।
त्यहाँ पनि सरकारका विरुद्ध नारावाजी भईहरको छ । सोमबार काठमाण्डौँ लगायतका ठाउँमा सरकारको गोलिबाट मारिएका युवाहरुको शोकमा विद्यालय, क्याम्पस बन्द भएपछि विद्यार्थीहरु स्वस्र्फत रुपमा सडकमा उत्रिएका छन् । धनगढीका बाक्लो रुपमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।