Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्रीको अध्यक्षतामा सुरक्षा समितिको बैठक, जेनजीको आन्दोलनका बारेमा के भए निर्णय ?

Submitted by editor on
ईबिगुल संवाददाता
cm

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेशको शान्ती, सुरक्षा सम्बन्धिको बैठक सम्पन्न भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै तहका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा सम्पन भएको हो । 

बैठकले जेन जी लगायत नयाँ पुस्ताबाट उठाईएका जायज मागहरुप्रति प्रदेश सकार, सरकारी निकाय र संयन्त्र सकारात्मक रहेको सन्देश दिई छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्न सार्वजनिक आह्वान गरने, जेन जी लगायत नयाँ पुस्ताले मिति हिजो आयोजना गरेको कार्यक्रमको क्रममा ज्यान गुमाउनुहुने मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र सुरक्षा संवेदनशीलता हेरी शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि सबै जिल्लाहरुमा आवश्यकता अनुसार राजनीतिक दल, नागरिक समाज एंव सरोकारवालाहरुसँग छलफल तथा समन्वय गर्ने गराउने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।