Skip to main content

मातपोत कार्यालयमा धनगढीमा उपमहानगरको सोलार प्यानल

Submitted by editor on
सेवाग्राहीले एउटै कामका लागि ३, ४ दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको उप महानगरले जनाएको छ ।
ईबिगुल संवाददाता
सोलार प्यानल

धनगढी : धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा झण्डै १० लाख लगानीमा सोलार प्यानल जडान गरेको छ । विद्युत गएको समयमा मालपोतको सेवा अवरुद्ध नहोस भनेर उपमहानगरपालिकाले सोलार पावर जडान गरेको जनाको छ । 

भूमि सुधार तथा मालपोत कार्यालय, धनगढीमा उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन ।

विजुली गयो भने सेवा अवरुद्ध हुने गर्छ । त्यसको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालले बताए । धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३÷४ दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको उप महानगरले जनाएको छ ।

नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर हेमराज पन्त सेवाग्राहीलाई अब दुख नहुने बताए ।