Skip to main content

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५९ औं वार्षिकोत्सव सप्ताह मनाउदै

Submitted by editor on
ईबिगुल संवाददाता
राष्ट्रिय वाणिज्य बैंक

धनगढी : राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५९ औं वार्षिकोत्सव सप्ताह मनाईरहेको छ । सुुदूरपश्चिममा पनि राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय पनि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । शुक्रबार प्रादेशिक कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

उक्त रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन । विभिन्न शाखाबाट आएका कर्मचारी र ग्राहकहरुले रक्तदान गरेका थिए । शनिबार प्रादेशिक कार्यालय चटकपुर देखि प्रभातफेरिको आयोजना गरिएको छ । उक्त प्रभातफेरि ट्राफिक चौक हुदै नेशनल चोक पुुगेको थियो । 

प्रादेशिक कार्यालयले बार्षिकोत्सव कार्यक्रमको अवसरमा घैंटो फोडने, तातोआलुु म्युजिक गेम, फुटसल, ब्याडमिन्टन लगायतका कार्यक्रमहरु गरिरहेको प्रादेशिक कार्यालयका प्रमुख राजेन्द्र आचार्यले जानकारी दिए । यो कार्यक्रमहरु माघ १० गतेसम्म चल्नेछ ।