Skip to main content

भीरबाट लडेर अछाममा एकजना घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
भीरबाट लडेर

अछाम :  अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका–८ पल्साताका ३३ वर्षीय भरत भण्डारी बाख्रा चराउन जङ्गल गएका बेला भिरबाट लडेर घाइते भएका हुन् । 

घाइते भण्डारीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।