Skip to main content

सीमामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर संकलन

Submitted by editor on
ईबिगुल संवाददाता
काँडेतार

धनगढी : सरकारलाई दवाब स्वरुप सीमानामा काँडेतार लगाउन भन्दै धनगढीमा सुरु गरिएको छ । राष्ट्रवादी चलचित्र ‘काँडेतार’ को च्यारिटी शोमा शनिवार हस्ताक्षर संकलन गरिएको हो । भारतको सीमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लागाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टीमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो । 

भारतले गरिहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दवाब स्वरुप काँडेतार चलचित्रको च्यारिटी शोमा सहभागीहरुबाट हस्ताक्षर संकलन गरिएको नायक तथा निर्देशक नवल खड्काले बताए ।

च्यारिटी शोको हस्ताक्षर संकलनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले समेत हस्ताक्षर गरेका छन् । राष्ट्रवादी तथा नेपाल–भारतको सीमा विवादमा अधारित चलचित्र काँडेतारको शनिवार धनगढीको एसटिएस सिनेमा हलमा च्यारिटी शो गरिएको थियो । 

च्यारिटी शोमा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर, सन्तोसी थापा सर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, धनगढीका नगर प्रमुख गोपाल हमाल लागायत सयौँ दर्शक सहभागि थिए । चलचित्र काँडेतार आउदो फागुन २५ गते देशभर प्रदर्शन हुदैछ ।