Skip to main content

अछाममा जीप दुर्घटना, एकको मृत्यु १४ घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
अछाममा जीप दुर्घटना, एकको मृत्यु १४ घाईते

अछाम : अछामको लुग्राबाट साँफेबगर आउने जीप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन । से १ झ ४२९ नम्बरको जीप दुर्घटना भएको हो ।

घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेका छन । डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको एम्बुलेन्स, जीपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । जीप, चौरपाटी बस्ने ५१ वर्षीय तेजबहादुर रावलले चलाईरहेका थिए ।