Skip to main content

अछामको बैद्यनाथ धाममा १४४ वर्षपछि ऐतिहासिक कोटीहोम

Submitted by editor on
 कोटीहोम महायज्ञ

अछाम : अछामको बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आयोजना गरिएको छ । कोटीहोम महायज्ञ साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन १० गतेदेखि २५ गते शिवरात्रीसम्म सञ्चालन हुनेछ । 

विहीबार राष्ट्रपती रामचन्द्र पौडेलले कोटीहोम महायज्ञको उद्घाटन गरेका थिए ।  पौराणीक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण बैद्यनाथ धाममा ६÷६ वर्षमा गरिने लक्षहोम सहितको अर्धकुम्भ मेला, १२÷१२ वर्षमा गरिने महालक्ष्यहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम महायज्ञ सहित महाकुम्भ मेलाको परम्परालाई कायम राख्न तयारी थालिएको मुलआयोजक समितीले जनाएको छ । 

पबित्र तीर्थस्थल बैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकिय महत्वको प्रचार प्रसार, बैदिक सनातन धर्म संस्कृतिको संरक्षण सबद्र्धनका लागि कोटीहोम सञ्चालन गरिएको मुल आयोजक समितिका सयोजक तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले बताए । 

कोटीहोम सम्पन्न गर्नका लागी डेढ करोड रकम खर्च हुने अनुमान गरिएको कुँवरले बताए । १४४ वर्ष अर्थात डेढ सताब्दी आफैमा एक ईतिहास भएको भन्दै कुँवरले कोटीहोम गर्ने र देख्न पाउने अहिलेका पुस्ताका भाग्यमानी भएको बताए ।

बैद्यनाथ धामको ऐतिहासिक कुराहरु उजागर गर्न नया पुस्तालाई जानकारी दिने उद्देश्यले महत्वपर्ण सन्देश दिन नेपालका प्रख्यात जगत गुरु देखि विभिन्न धार्मिक व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको मुलआयोजक समितिका बरिष्ठ उपाध्यक्ष भरत कुमार स्वाँरले बताए ।