Skip to main content

बैतडीमा कोदालो प्रहारगरी श्रीमतीको हत्या, डेरा गरी बस्ने दुुई जना कर्मचारी माथि पनि कोदालो प्रहार

Submitted by editor on
कृष्ण बिष्ट
कोदालो प्रहार गरि श्रीमतीको हत्या

बैतडी : बैतडीमा एक पुरुषले कोदालो प्रहार गरि श्रीमतीको हत्या  गरेका छन भने २ जनालाई गम्भीर घाइते बनाएका छन्  । 

डिलाशैनी गाउँपालिकाको वडा नम्बर ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन भने दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई  घाइते बनाएका हुन्  । 

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

घाइते भएका तीनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी ल्याउदा श्रीमतीको बाटोमै मृत्युु भइसकेको छ भने गम्भीर घाइते भट्ट  र कलौनीलाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

कोदालो प्रहार किन गरे भन्ने बारे खुल्न सकेको नसकेको प्रहरीले जनाएको छ । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।