Skip to main content

अछामको मेल्लेख दुर्घटनाका मृतक पाँच जनाको सामुहीक अन्त्यष्टी

Submitted by editor on
गीता कुँवर
५ जनाको आज सामुहिक अन्त्यष्टी

अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना परी मृत्यु भएका ५ जनाको आज सामुहिक अन्त्यष्टी गरिएको छ । पोस्तमार्टम पछि मृतक ५ जनाको बिरा घाटमा अन्त्येष्टी गरिएको हो । 

चैत १२ गते मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने २ जना घाईते भएका थिए । मृत्यु हुने ५ जना मेल्लेख गाउँपालिका १ ऋषीदहका रहेका छन् । 

मुत्यु हुनेमा ५५ वर्षीया रंग धामी, ४५ वर्षीया प्रेम धामी, ३७ वर्षीया नरबहादुर धामी, १५ वर्षीया जनक धामी र २१ वर्षीया जनक धामी रहेका छन  । घाईते २ जना लालहादुर धामी र हंस धामीको बयालपाटा अस्पतालमा उपचार  भैइरहेको छ  । 

मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको  थियो । प्रहरीका अनुसार ट्याक्टर एक्कासी अनियन्त्रीत भई २ सय मिटर तल खसेको थियो ।