Skip to main content

भारतको बनगवामा नेपाल र भारतका नागरिक बीच होली मिलन महोत्सवको आयोजना

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाल र भारत

धनगढी : भारतको बनगवाँमा नेपाल र भारतका नागरिक बीच होली मिलन महोत्सवको आयोजना गरिएको छ । नेपाल भारत मैत्री संघले आयोजना गरेको होली मिलान महोत्सवमा भारत नेपाल सम्पर्क मञ्चका नेपाल भारतका पदाधिकारी को उपस्थिति रहेको थियो ।

विभिन्न सास्कृतिक झाँकी तथा नाचगान सहित शुभकामना आदानप्रदान गरि महोत्वस मनाईएको हो । कार्यक्रमका भारत तर्फबाट आरएसएस सीतापुर प्रमुख निरज सिंह रहेका थिए भने नेपाल तर्फबाट नेपाल भारत मैत्री संघ केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिशंकर ठाकुर रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरज सिंहले यस्ता कार्यक्रमहरु विभिन्न समयमा आयोजन गर्न पाए नेपाल भारतको सम्बन्ध सुमधुर हुदै जाने बताए । ‘नेपाल र भारत विच हिजो पनि भाईचाराको सम्बन्ध रहेको थियो, आज पनि रहेको छ र भोलि पनि रहने छ’ उनले भने ।

नेपाल तर्फका प्रमुख अतिथि हरिशंकर ठाकुरले होली पर्व रमाईलो मात्रै नभइ विग्रेका सम्बन्धहरु सुधार्दै लैजाने पर्व भएको बताए । कार्यक्रममा नेपाल भारत पत्रकार संघका अध्यक्ष दिलबहादुर छत्याल, नेपाल भारत मैत्री संघका पदाधिकारी, नेपाली साहित्यकारहरु, पत्रकारहरु सहित नेपाल र भारतका नागरिकहरुको सहभागिता रहेको थियो ।