Skip to main content

भारतमा आज चौथो चरणको मतदान हुँदै, गौरीफन्टा नाका बेलुकीबाट खुल्ने

Submitted by editor on
ईबिगुल संवाददाता
गौरीफन्टा सीमा नाका

धनगढी : बैशाख २८ गते साँझ देखि बन्द भएको नेपाल भारतको गौरीफन्टा सीमा नाका आज बेलुकी ७ बजेपछि खुल्ने भएको छ । भारतमा भईरहेको लोकसभा निर्वाचनका लागि दुई देशका सीमा अधिकारीहरुको समहतीमा बैशाख २८ गते देखि सीमा नाका बन्द गरिएको थियो । 

आज भारतको उत्तरप्रदेश सहितका १० वटा प्रदेशमा लोकसभाको मतदान भईरहेको छ । कैलालीसँग सीमाना जोडिएको भारतको खिरि जिल्लामा पनि निर्वाचन भएकाले गौरीफन्टा नाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीकाले बिहीवार सूचना जारी गरी बैशाख २८ गते साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्मका लागि कैलाली जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको थियो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न एकअर्का देशमा निर्वाचनका बेला सीमा नाकाहरु बन्द हुने गरेका छन । भारतको उत्तरप्रदेशमा भने विहान साढे १० बजेसम्म ११ दसमलव ६७ प्रतिसत मतदान भईसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।