धनगढी : धनगढीको स्वस्तिक अस्पतालले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलल आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९४ जनाले सेवा लिएका छन् ।
शनिवार हस्पिटलले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बरु ५ मा रहेको स्वास्थ्य केन्द्रमा निशुल्क शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरमा १२५ जना बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको छ भने एक सय जनाको नाक, कान र घाँटीको परीक्षण तथा ६८ जना महिलाको प्रसूति सम्बन्धी समस्याको चेकजाँच गरिएको हो ।
स्वस्तिक अस्पताल धनगढी सधैँ बिरामीहरूको स्वास्थ्य सेवामा समर्पित रहेको बताउँदै सञ्चालक दीपेन्द्र तिवारीले बिरामीको उपचार सेवालाई थप स्तरीय बनाउँदै लैजाने बताए । अस्पतालमा विषेशज्ञ सेवाका साथै एसी जडित संरचना रहेका छन ।
सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र पाँच हजार रुपैयाँमा होलबडी चेकजाँच सेवा पनि सञ्चालन गर्दै आएको छ ।
शिविर पछि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले अस्पताललाई सहयोग र समन्वयका लागि धन्यवाद दिए ।