Skip to main content

धनगढीकाे बसपार्क नजिकै काेठामा नवजात शिशु मृत फेला 

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढीकाे बसपार्क नजिकै काेठामा नवजात शिशु मृत फेला 

धनगढीः कैलालीको धनगढीमा नवजात शिशु कोठामा मृत फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-४ बसपार्क नजिक कोठामा नवजात शिशु मृत फेला परेको हो। 

धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ घर भएकी बसपार्क स्थित पुजा राना बस्दै आएको कोठामा सोमवार राति नवजात शिशु मृत फेला परेको हो ।

घटनाबारे अनुसन्धान गर्न भन्दै प्रहरीले घरबेटी र गोदावरी घर भएका दुई महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता कुलदिप चन्दले बताए। उनले राति कोठाको ताला तोडेर भित्र गएका महिलाहरूले कपडामा बेरेर राखेको नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका बताए। उनका अनुसार कोठामा बस्दै गरेकी रानाको खोजतलास भइरहेको छ।

प्रहरीले नियन्त्रणमा लगेका महिलाहरू र रानाबिच पैसा लेनदेन रहेको थियो। प्रवक्ता चन्दका अनुसार रानाले आफू बाहिर रहेको र कोठामा पैसा राखेकोले ती महिलालाई ताला तोडेर भित्र बस्न भनेकी थिइन्। 

सोही क्रममा महिलाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरे। प्रहरीले मृत फेला परेको नवजात शिशुको पोष्टमार्टका लागि अस्पताल लगेको छ। नवजात शिशु कति दिनको हो भन्नेबारे सोही रिपोर्ट पछि थाहा हुने प्रवक्ता चन्दले बताए।