Skip to main content

पुर्वाधार विकास मन्त्रालयको प्रगती : एक वर्षमा १०९ किलोमिटर पक्की सडक

Submitted by editor on
शिवराज भट्ट
र्वाधार विकास मन्त्रालय

धनगढी : प्रदेशका मन्त्रालयहरुमा पुर्वाधार विकास मन्त्रालय मात्रै चलायमान देखिएको छ । सरकारको एकवर्षे कार्यकालका अवसरमा पुर्वाधार विकास मन्त्रालयले सार्वजनि गरेको आफ्नो प्रगती विवरणमा उसले एक वर्षको अवधीका प्रदेशभरी १०८ किलोमिटर सडक कालोपत्रे गरेका जनाएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ११२ किलोमिटर, माटे सडक, १८५ किलोमिटर ग्रावेल सडक र ९ वटा पुल निर्माण गरेको जनाएको छ । खानेपानी तथा सरसफाइ तर्फ उसले साढे ८२ हजार जनतालाई आधारभूत खानेपानी पुुगाएको, साढे १८ हजार जनतालाई मध्यमस्तरको खानेपानी पुगाएको, ५६३ वटा पोखरी निर्माण गरेको र ५२० वटा ईन्टेक निर्माण गरेको सार्वजनिक गरेका छ ।

मन्त्रालयले एक वर्षमा करिब ९२ करोड राजस्व असुली गरेको जनाएको छ । सडक, सडकपुल, खानेपानी तथा सरसफाइ, उर्जा जलस्रोत तथा नदी नियन्त्रणमा काम भएको पुुर्वाधार मन्त्रालयले जनाएको छ । 

सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रको सुधारका लागि नीतिगत काम भएको समेत मन्त्रालयले दाबी गरेको छ । पुर्वाधार विकास मन्त्रालयले यतायात ब्यवस्था कार्यालयरुमा छिट्टै ई पेमेन्टको ब्यवस्था मिलाईने जनाएको छ । जसले यातायातको भीड कम हुने उसको दाबी छ ।

आर्थिक वर्ष २०७९÷८० को कार्यक्रममा रहेका पाँच हजार ३२९ आयोजनाको संख्या कटौती गरी आर्थिक वर्ष २०८०÷८१ को कार्यक्रममा एक हजार ९६१ आयोजना अगाडि बढाउने गरी बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बताए । 
उनका अनुसार एक हजार ७५० क्रमागत र २१० आयोजना मात्रै नयाँ हुन् । 

मन्त्रालयले २०७ वटा नहरको निर्माण भएको, ५२ दशमलव २१ किलोमिटर तटबन्ध निर्माण भएर ७ हजार ३४५ हेक्टर क्षेत्रमा सिँचाइ सुबिधा पुगेको, २ वटा सौर्य उर्जाको निर्माण गरिएको मन्त्रालयले जनाएको छ। 

भौतिक पूर्वाधार विकास मन्त्रालयले ४४ वटा जनता आवास योजना, ४ वटा एकीकृत नमुना बस्ती निर्माण भएको जनाएको छ । मन्त्रालयले सहरी तथा भवन निर्माण तर्फका ३२ वटा योजना सम्पन्न भएको जनाएको छ।

यातायात व्यवस्थातर्फ ७ हजार ६३९ दुई प्रांग्रे सवारी दर्ता भएको, ८९७ तीन पांग्रे सवारी तथा ७२७ चार पांग्रे्रे सवारी दर्ता भएको सार्वजनिक प्रगति विवरणमा उल्लेख छ । एक वर्षमा मन्त्रालयले २० हजार ९५ चालक अनुमति पत्र वितरण गरेको जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले त्रिनगर भन्सार कार्यालय, कैलाली र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा भारत तथा तेस्रो मुलुकबाट आउने सवारी साधनको अस्थायी अनुमति वितरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गरिन लागेको जनाएको छ ।
मन्त्रालयले धनगढीको मुख्य  बजारमा रहेको कैलालीपुल देखि क्याम्पसचोक सम्मको सडक, .चिसापनी जंगलघाट बडीमालिका सडक खण्ड (गौरीटाँड कमलबजार बाँसकाँडा खण्ड, अछाम) कालोपत्रे, बुढीगंगा बिरावगर सडक पुल ,मालगाड मोटरेवेल पुल र भौनेरा नदी मोटरेवेल पुलको सिलान्यास भएर निर्माणको चरणमा रहेका जनाएको छ ।