Skip to main content

श्रीमतीले बलात्कारको उजुरी हालेपछि गायक रवि ओड विरुद्ध पक्राउपुर्जी जारी

Submitted by editor on
रवि ओड

धनगढी : श्रीमतीले बलात्कारको आरोप लगाउर उजुरी हालेपनि गायक रवि ओड विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । गायक ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई पक्राउ पुर्जी दिएको हो । 

रवि नेपाल आइडल सिजन–२ का विजेता हुन । उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले प्रकृया अघि बढाएको जनाएको छ । उनकी श्रीमतीले चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए ।

उनी काठमाडौंमा रहेको सूचना पाएलगत्तै कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाइदिन पत्राचार गरिसकेको छ ।