धनगढी ः सुदूरपश्चिमबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन । सुदूरपश्चिमभ प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन ।
सत्ता गठबन्धनको तर्फबाट अपांगता कोटामा नेपाली काँग्रेस कैलालीका सभापती नारायणदत्त भट्ट ४ हजार ४१९, अन्य कोटामा काँग्रेसकै बलदेव बोहरा ४ हजार ३२८ मत भार र महिलामा नेकपा माओवादी केन्द्रकी रेणु चन्द ४ हजार ४५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अपांगता कोटामा कैलालीका रामचन्द्र जोशी १ हजार ५७१, महिला कोटामा कैलालीकै सावित्री घिमिरे १ हजार ५७१ र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल १ हजार ६९६ प्राप्त गरे ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल १८ हजार १८२ मत भार खसेकोमा ९१ मतभार बदर भएका छन् ।