Skip to main content

सात दिने हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सम्पन्न

Submitted by editor on
ईबिगुल संवाददाता
होटल व्यावसायिक संघ

धनगढी : पर्यटन प्रवर्धन तथा ब्यवस्थित सेवासहितको हस्पिटालिटी सेवा प्रदान गर्ने उद्देश्यले होटल व्यावसायि संघ कैलालीले ७ दिने हस्पिटालिटी ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ ।

हस्पिटालिटी व्यवसाय तथा सेवाप्रदायकलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको थियो । हस्पिटालिटी व्यवसाय, श्रम तथा रोजगार सम्बन्धी विभिन्न नीतिबारे जानकारी तथा कानुन बारे कार्यक्रममा प्रशिक्षण दिइएको थियो । 

समापन समारोहका प्रमुख अतिथि पर्यटन विकार कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख डलब बहादुर बोहोराले पर्यटन प्रर्वधनमा हस्पिटलिटी व्यवसाय वा सेवाप्रदायकले मुख्य भूमिका खेल्ने बताए ।

आगामी बजेटमा सुदूरपश्चिमका पर्यटनका क्षेत्रमा ठुलो बजेट विनियोजन गर्ने उनले बताएका छन् । ‘आगामी वर्ष सुदूरपश्चिममा ठुलो सुदूरपश्चिम पर्यटन महोत्सव आयोजना गर्ने र भारतीय सीमा बजारमा आउने पर्यटकलाई सुदूरपश्चिमाा आकर्षित गर्न विभिन्न कार्यक्रम गर्ने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव दत्त पाण्डेयले बताए । 

सुदूरपश्चिमको पर्यटनलाई विकास गर्न बजेटमा के–के समेट्न सकिन्छ भनेर पर्यटन मन्त्रालयका सचिव प्रमोद भट्टराईलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष पाण्डेले बताए ।

तालिम अवधिभर सरोकारवाला निकायले अनुगमन तथा निरीक्षण गरी आवश्यक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
प्रशिक्षण होटल व्यवसायी संघको आयोजना र पर्यटन इकाइ सुदूरपश्चिमको सहयोगमा सम्पन्न भएको थियो।