Skip to main content

भीमदत्तका नगरप्रवक्ता खडकाको महाकालीमा दाहसंस्कार

Submitted by editor on
ईबिगुल संवाददाता
महेन्द्र खड्का

महेन्द्रनगर : भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता महेन्द्र खड्काको शनिबार महाकाली नदीमा दाहसंस्कार गरिएको छ । दुई दिन विहीबार राती ऐठपुर स्थित  नहर किनारको सडकमा मृत भेटिएका वडा अध्यक्ष खड्काको महाकाली नदीमा दाहसंस्कार गरिएको हो । 

महाकाली नदीको भुजेला घाटमा खड्कालाई उनका दुई छोराले दागबत्ती दिएका छन् । खड्काका ८७ वर्षिय बुवा समेत दाहसंस्कारमा सहभागी भएका थिए ।

४७ वर्षिय खड्का २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । स्वर्गिय खड्काका आमा बुवा, श्रीमति र दुई छोरा छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि खड्का यस अघि वडा सभापति थिए ।

बिहीबार विहान नहर किनार बाटोमा मृत भेटिएपछि उनको शव महाकाली प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको थियो । स्वर्गिय खड्काको ऐठपुरस्थित घरबाट शनिबार विहान शव यात्रा सुरु भएको थियो । 

खड्काको शवलाई चमचोक भएर भीमदत्त नगरपालिका कार्यालय पुगाईको थियो । नगरपालिका कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि उनको अन्तिम संस्कार गरिएको हो ।